पल शाहविरुद्धको बलात्कार मुद्दा फेरि व्यूँतियो : सर्वोच्चले दोहोर्‍याएर हेर्ने


३० मंसिर २०८०, शनिबार
Paul

काठमाडौं । सर्वाेच्च अदालतले अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दा दोहोर्‍याइ हेर्न अनुमति दिएको छ ।
जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियोगबाट सफाइ दिएको थियो ।

अभिनेता शाहलाई सफाइ दिने उच्चको फैसला त्रुटि रहेको भन्दै सरकारले मुद्दा दोहोर्‍याइ हेर्न दिएको निवेदनमा सर्वाेच्चले अनुमति दिएको हो । मंसिरि २२ गते न्यायाधीश सुष्मलाता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उच्च अदालतबाट भएको फैसलामा कानुनको अपव्याख्या र नजिर विपरीत रहेको ठहर गरेको छ ।

मुद्दामा प्रमाणहरूको यथोचित मूल्यांकन नभएको ठहर सर्वाेच्चको छ । सर्वाेचचका आदेशमा भनिएको छ, ‘पीडित नावालक रहेको देखिएकोले पीडितको वकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको वकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज. ११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९।११।४ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) को व्याख्यात्मक त्रुट्टी र ने.का.प. २०७५ अंक ११ नि.नं. १०१३२ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७४ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिंदा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ ।’ अभिनेता शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो ।

paul

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७