चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको विकासबारे छलफल


३० मंसिर २०८०, शनिबार
1702650745 POhuh large

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकासका बौद्ध धर्मको प्रचारप्रसारका लागि चीन सरकारसँग सहकार्यका लागि आग्रह गरेका छन् ।

उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गरेको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवर्द्धनसँगै लुम्बिनीको पर्यटन प्रवर्द्धनबारे छलफल गरेको बताए ।
उपाध्यक्ष लामाले धार्मिक र सांस्कृतिक आदानप्रदानसँगै लुम्बिनीमा चिनियाँ पर्यटक भित्र्याउन चिनियाँ उपमन्त्री वाङसँग आग्रह गरे । उनले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ पर्यटक भित्र्याउन चीनको गोञ्जाउ विमानस्थलबाट सिधा उडान सञ्चालनका लागि आग्रह गरेको जानकारी दिए ।

त्यस अवसरमा चिनियाँ उपमन्त्री वाङले चिनियाँलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने वातावरण बनाउने र गौतबुद्ध विमानस्थलमा उडानका सन्दर्भमा पनि सम्बन्धित निकायसँग छलफल गर्ने आश्वासन दिएका थिए । उपाध्यक्ष लामाका अनुसार उनले लुम्बिनीको विकास, संरक्षण र धार्मिक सांस्कृतिक सहकार्यका लागि आफूहरु सकारात्मक रहेको बताएका थिए ।
भेटमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, नेपाल–चीनमैत्री समाज, लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७