मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस : जनजीवन अस्तव्यस्त


३० मंसिर २०८०, शनिबार
mangoliya snow

काठमाडौं । चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ । मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो। बिहीबारदेखि पश्चिमी मङ्गोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ ।

देशका अन्य भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ । आगामी केही दिन अझै देशभर हिउँ पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । मौसम विभागले सम्भावित प्रकोपहरूबाट थप सावधानी अपनाउन आग्रह गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७