स्कुल जान्छु भनेर घरबाट निस्किएका १२ वर्षीय बालक मृत भेटिए


३० मंसिर २०८०, शनिबार
death

जाजरकोट । विद्यालय जाने भनेर घरबाट निस्किएपछि बेपत्ता भएका जाजरकोट छेडागाड नगरपालिका–१० का एक १२ वर्षीय बालक मृत भेटिएका छन् । १० दिनदेखि बेपत्ता भएका बालक शनिबार झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

छेडागाड नगरपालिका–१० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षीया धनबहादुर थापा मृत अवस्थामा भेटिएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार २१ गते बिहान विद्यालय जान्छु भनेर घरबाट निस्केको र उक्त दिनदेखि घरमा नआएको उपप्रमुख थापाको भनाइ छ । मृतक बालकले कहिलेकाही आमालाई साथीसँग भागेर भारत जान्छु भन्ने गरेको उपप्रमुख थापाको बताए ।

उनले भने, ‘उसको आमाले पनि शायद भारत नै गयौं होला भन्ने सोचेको रहिछन् । तर, पछि ढुक्क नहुँदा प्रहरीलाई खोज्नका लागि जानकारी पनि दिएकी थिइन् । उ हराएको दिन स्कुल जान्छु भनेर गएको तर घर भन्दा पर झण्डै २५ मिटर टाढा झोला भेटिएको थियो ।’

झोला भेटिएको १० दिनपछि घरदेखि झण्डै २ सय मिटर टाढा प्रयोग नभएको गोठमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतक बालकका बुवा र दाइ भारतमा छन् । उनी अन्नपूर्ण आधारभूत विद्यालय नल्फूमा कक्षा ६ मा अध्ययनरत थिए । घटना आत्महत्या हो या के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७