लिबियाबाट युरोप जाँदै गरेको पानीजहाज पल्टिँदा ६१ आप्रवासीको मृत्यु


१ पुष २०८०, आईतवार
panijahaj
सांकेतिक तस्वीर

काठमाडौँ । लिबियाको तटमा पानीजहाज दुर्घटना हुँदा ६० जनाभन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको छ ।
बीबीसीका अनुसार युनाइटेड नेसन्स एजेन्सी इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त जहाज लिबियाको तटीय सहर जुवाराबाट ८६ यात्रु लिएर प्रस्थान गरेको बताएको छ ।

समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना बेपत्ता भएका छन् । उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ । लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो ।

यो वर्ष मात्रै यस्ता प्रयासका क्रममा २ हजार २ सयभन्दा बढीको डुबेर मृत्यु भएको आईओएमको अनुमान छ । समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार आईओएमले यो दुर्घटनामा मर्ने अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका नागरिक रहेको बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७