आफ्नै संरक्षणमा राखेको किशोरीलाई बलात्कार गरेको आरोपमा माओवादी नेता देवकोटा पक्राउ


१ पुष २०८०, आईतवार
bhuminanda devkota

गोरखा । एक किशोरीलाई बलात्कार गरेको आरोपमा माओवादी नेता पक्राउ परेका छन् । प्रहरीले गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई बलात्कार आरोपमा पक्राउ गरेको हो । देवकोटाले घरमै संरक्षण दिएर राखेको १७ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन् ।

उनले किशोरीलाई ६ वर्षको उमेरदेखि आफ्नै घरमा संरक्षण दिएर राख्दै आएका थिए । गोरखाका ६५ वर्षीय देवकोटा काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका थिए । किशोरीले प्रहरीमा दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गर्दै आएको उल्लेख गरेकी छिन् ।

गत तिहारबाट भने उनी देवकोटाको घरबाट बाहिर बस्दै आएकी थिइन् । उनी पछिल्लो समय पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपालीसँग बस्दै आएकी थिइन् । प्रहरीले दीपेशलाई पनि पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७