प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा


१ पुष २०८०, आईतवार
prachanda 8

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी आइपुगेका छन् । महोत्तरीको एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल महोत्तरी आइपुगेका हुन् ।

बर्दिबास नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सवमा सहभागी हुन् प्रधानमन्त्री दाहाल हेलिकप्टरबाट आज महोत्तरी आइपुगेका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं महोत्तरी जिल्लाका इन्चार्ज राजु खड्काले जानकारी दिए । उनका अनुसार दिउँसो दुई बजेदेखि विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७