सर्वोच्चबाट अवकाश हुँदा पनि चोखो भएर निस्कन चाहन्छु : प्रस्तावित न्यायाधीश पौडेल

‘हिंसा र भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिन्छ’


१ पुष २०८०, आईतवार
Mahesh sarma poudel mk

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वाेच्च अदालतबाट अवकाश हुँदा कुनै विवादमा नफसीकन निस्कन चाहेको बताएका छन् ।

आज (आइतबार) सिंहदरवारमा संसदीय सुनुवाईको क्रममा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै उनले आफूले ३० वर्षे न्यायिक सेवा निष्ठा र इमान्दारितका साथ बिताएको दाबी गरे । प्रस्तावित न्यायाधीश पौडेलले आफूले हिंसाले राज्यको आत्मालाई अशक्त बनाउने र भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिने निष्कर्ष निकालेकाले त्यस्ता काममा आफू नलाग्ने अठोटका साथ काम गरिरहेको जिकिर समेत गरे ।

पौडेलले आगामी दिनमा सर्वाेच्च अदालतमा मुद्दा फस्र्यौटको कामले गति लिने विश्वास समेत व्यक्त गरे । उनले भारत र पाकिस्तानमा भन्दा नेपालको सर्वोच्च अदालतले मुद्दा फस्र्यौटको कामलाई छिटो सम्पन्न गर्ने गरेको दाबी समेत गरे ।

उनले भने, ‘हिंसाले राज्यको आत्मालाई अपांग बनाउँछ । भ्रष्टाचारले राज्यको आत्मानै मारिदिन्छ । यो मेरो आफ्नो अनुभूति हो । आजसम्म मैले यो ३० वर्ष काम गरें । निष्ठा र इमान्दारितामा रहेर काम गरेँ। मेरो बाँकी साढे ६ वर्ष छ । म त्यो चोखो भएर निस्कन चाहन्छु । तैले के गर्छस् भन्दा मसँग अहिले समय छैन । म यति नै भन्न चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७