कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको मृत्यु, श्रीमान घाइते


२ पुष २०८०, सोमबार
accident 2

कञ्चनपुर । कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा म १ख ९३५२ नम्बरको बसले सुपप्र ०१००९ प १२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ की ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७