कारोनाको नयाँ ‘भेरिएन्ट’ बाट सतर्क रहन डब्लूएचओको चोतावनी


२ पुष २०८०, सोमबार
WHO hAg7Oi5CKC

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग र सर्तक रहन आग्रह गरेको छ ।

डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो अपिल गरेको हो । डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको दाबी गरेको छ ।

यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न डब्ल्यूएचओको आग्रह छ । अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरियन्ट जेएन १ बाट भएको डब्लूएचओले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७