यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ


३ पुष २०८०, मंगलवार
pakrau
सांकेतिक तस्वीर

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका डीएसपी होमबहादुर पराजुलीले बताए ।

पीडित छात्राले दिएको निवेदनका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पराजुलीको भनाइ छ । अभियुक्तले मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७