कैलालीमा मोटरसाइकल पल्टिँदा युवकको मृत्यु


४ पुष २०८०, बुधबार
de

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका–१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो । गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७