फेरि एक हजारले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


४ पुष २०८०, बुधबार
Gold 2

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख १९ हजार र तेजाबी सुन एक लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिन दुवै सुनको मूल्य क्रमशः एक लाख १८ हजार र एक लाख १७ हजार ४ सय ५० रुपैयाँ थियो । यता चाँदी पनि आज तोलामा १५ रुपैयाँ महंगो भएको छ । योसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ । उता अन्तर्राष्ट्रिय बजारमा भने सुन आज केही घटेर प्रतिऔँस २ हजार ४१ अमेरिकी डलरमा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७