सशस्त्र प्रहरीद्वारा हुण्डीको १६ लाखसहित एक जना पक्राउ


४ पुष २०८०, बुधबार
Money

मोरङ । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाख बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो ।

साहलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले बताए । को १९ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ । साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एउटा नोट बरामद भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७