झापामा फेरि हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


४ पुष २०८०, बुधबार
elephant 1

झापा । हात्तीको आक्रमणमा परी झापाको हल्दिबारीमा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुने हल्दिबारी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयका सहयोगी कर्मचारी ६० वर्षीय पाथल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान घरबाट करिब दुई सय मिटर पर उनलाई हात्तीले आक्रमण गरेको थियो । दुई सातायता झापा, मोरङ र सुनसरीमा गरी हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

जंगली हात्ती गाउँ छिरेर स्थानीय बासिन्दाको घर भत्काउने, अन्न र बाली खाइदिने साथै अरु भौतिक सम्पत्तिमा क्षति पुर्‍याउने क्रम बढेको छ । कतिपय गाउँहरुमा हात्तीबाट बच्न स्थानीय बासिन्दाले रात्रि गस्ती पनि गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७