अशोक सिग्देलको दुईटा नागरिकता छ, तर विवरण फरक छैन : प्रधान सेनापति शर्मा

‘नेपाल आर्मी न्वारान गर्ने संस्था होइन’


४ पुष २०८०, बुधबार
Prabhuram sharma
राज्य व्यवस्था तथा सुशासन समिति बैठक राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा प्रधान सेनापति प्रभुराम शर्मा काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणसम्बन्धी कार्य प्रगति प्रस्तुत गर्दै । तस्वीर : रत्न श्रेष्ठ / रासस

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले जर्नेल अशोक सिग्देलको दुईटा नागरिकता भएको स्वीकार गरेका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधान सेनापति शर्माले जाजरकोट र रुपन्देहीको नागरिकतामा विवरण फरक नपरेको बताएका हुन् ।

‘अशोक सिग्देलको दुईटा नागरिकता छ । एउटा रूपन्देही र अर्को जाजरकोटबाट लिएको हो’, प्रधान सेनापति शर्माले भने, ‘तर सबै विवरण उस्तै छ । केही तलमाथि छैन ।’ उनले सेनाको विरोध गर्ने र बदनाम गराउने उद्धेश्यले विवादित विषय बाहिर ल्याइएको बताए ।

‘सेनाको विरोध गरेको छ, बदनाम गराउन खोजेको छ, एकोहोरो रटान मात्र छ’, शर्माले भने, थपे ‘सेनालाई गलत देखाउने तत्वहरूको खेल हो । जसले यो कुरा ल्यायो कारबाही हुनुपर्छ ।’ उनले बाहिर बसेर जे भन्दिए पनि छोड्दिन नहुने भन्दै गलत टिप्पणी गर्नेलाई कारबाही गर्ने कानुन चाहिएको बताए । सेनापति शर्माका अनुसार अरु निकायमा जस्तै सेनामा पनि जागिर खाने क्रममा उमेर प्रमाणित गर्न एसएलसीको प्रमाणपत्र, नागरिकता र क्यारेक्टर सर्टिफिकेटलाई हेर्ने गरिएको छ । उनले आक्रोशपूर्ण रुपमा भने, ‘सम्बन्धित निकायले नलिई नेपाल आर्मीले न्वारान गर्दैन । नेपाल आर्मी न्वारान गर्ने संस्था होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७