भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि


५ पुष २०८०, बिहीबार

धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरूमा भने कोरोना परीक्षण गरिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७