मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


५ पुष २०८०, बिहीबार
un

काठमाडौं । मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिसनहरूमा सहभागी हुने क्रममा मंगलबार मध्य अफ्रिकामा तैनाथ कालीजंग गण शान्ति सेना लाइट इन्फन्ट्री बटालियन (एलआईबी) पहिलो डफ्फालाई बदली गरिएको छ ।

बदलीका लागि महावीर गण शान्ति सेनाको दोस्रो तथा अन्तिम डफ्फाका २२५ जना शान्ति सैनिकहरू सेनानी हरिकुमार पाण्डेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमान (इथियोपियन एयरलाइन्स) बाट मिसन ईलाकातर्फ प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ ।

मिसनमा तैनाथ पहिलो डफ्फामा कार्यरत २२४ जना शान्ति सैनिकहरू प्रमुख सेनानी विजय बस्नेतको नेतृत्वमा मिसन अवधि पूरा गरी बिहीबार स्वदेश आगमन हुँदैछन् । प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा २२५ जना शान्ति सैनिकहरू यसअघि नै मिसन ईलाकामा तैनाथ भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७