हाम्रो पार्टीमा अन्तर्घात भन्ने रोग छ : सभापति देउवा


५ पुष २०८०, बिहीबार
deuwa 2
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जनकपुरधाममा बिहीबार आयोजित नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै । तस्बिरः निरञ्जनकुमार साह / रासस

जनकपुर । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेकोले त्यसलाई मुक्त गर्नुपर्ने बताएका छन् ।

कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले भने, ‘हाम्रो पार्टीलाई अन्तर्घातको ठूलो रोग लागेको छ । त्यसबाट मुक्त गरेर यो पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न सहयोग गर्नुहोला । यो काम मधेस प्रदेशबाटै अघि बढ्नेछ भन्ने लागेको छ ।’

कार्यक्रममा उनले छोटो बोलेका थिए । काठमाडौंबाट जहाज उडिसकेको र जनकपुरमा केहीबेरमा अवतरण गर्ने भन्दै उनले बोल्न आफूसँग धेरै समय नभएको बताएका थिए । ‘यो ठाउँबाट भोलिका दिनमा नेपालको सुदृढीकरण र राजनीतिलाई बलियो बनाउने काम र कांग्रेसलाई बलियो बनाउने काममा मद्दत गर्नुहुनेछ,’ उनले भने, ‘अहिलेको बेला समानुपातिक समावेशी प्रणाली भएकाले कसैको पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ । कांग्रेस अहिले ठूलो पार्टी भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७