तीन महिनापछि नेकपा एसले सच्यायो अपानि, यस्तो छ नेताहरुको कार्य विभाजन (पूर्णपाठ)

सार्वजनिक आरोप–प्रत्यारोपमा नउत्रिन निर्देशन


५ पुष २०८०, बिहीबार
samajbadi
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले तीन महिनापछि अन्तरपार्टी निर्देशन (अपानि)–११ सच्याएको छ । यसअघि केन्द्रीय समितिको छैटौँ बैठकको निर्णय समेटेर जारी गरिएको अपानिमा उल्लेखित कार्यविभाजनप्रति आपत्ति जनाउँदै केही केन्द्रीय सदस्यले पार्टी नै छाडेको घोषणा गरेका थिए ।

पार्टीमा असन्तुष्टि बढेपछि अपानि सच्याएको हो । पार्टी सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठ अपानि सच्चाएर बुधबार पुनः जारी गरिएको बताए । पार्टीको ६७औं सचिवालय बैठकले अपानि सच्याएर पठाउने निर्णय गरेको थियो । बैठकले अपानिको विषयलाई लिएर सार्वजनिक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएको छ । बुधबार जारी भएको अपानिमा चित्त नबुझेका कुरामा सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा नउत्रिन निर्देशन पनि दिइएको छ ।

‘जिम्मेवारी हेरफेर पार्टी जीवनमा नियमित विषय हो । त्यसमा चित्त नबुझे आफ्नो मत राख्न सकिन्छ तर त्यस्ता विषयलाई लिएर सार्वजनिक आरोप–प्रत्यारोपमा नउत्रिन पार्टी पङ्क्तिलाई निर्देशित गर्ने’, सचिवालय बैठकको निर्णयबारे अपानिमा उल्लेख छ ।
अपानिमा सबैले चाहेको जिम्मेवारी नपाउने भन्दै समस्या देखिनु स्वभाविक भएको उल्लेख छ । पार्टीको महाधिवेशनको समस्या हल गर्ने पनि जनाइएको छ ।

‘कुनै पनि कमिटीमा सधैँका लागि सबैले चाहेको जिम्मेवारी प्राप्त हुँदैन । कहिले आफूले चाहेजस्तो हुन्छ भने कहिले त्यस्तो हुँदैन । फेरि, भर्खर व्यवस्थित हुने क्रममा रहेको र अधिवेशनहरूबाट निर्वाचित कमिटीहरू नबनिसकेको अवस्थामा हाम्रो पार्टीमा कार्यक्षेत्र व्यवस्थापनमा समस्याहरू देखिनु स्वाभाविक हुन्छ’, अपानिमा भनिएको छ, ‘अपानि जारी गर्ने र फिर्ता लिने निर्णयले कतिपय कमरेडहरुलाई असजिलो लाग्नु स्वाभाविक छ । भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउन र अपानि जारी गर्ने काममा अहिलेजस्तो ढिलाई नहोस् भन्ने कुरामा ध्यान दिइनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७