कांग्रेस बागमती प्रदेश सम्मेलन आजदेखि, सभापति देउवाले उदघाटन गर्दै


७ पुष २०८०, शनिबार
Deuwa
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आज (शनिबार) काठमाडौंमा शुरु हुँदैछ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र छलफल गरी पारित हुने कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा ७८२ प्रदेश सम्मेलन प्रतिनिधि तथा प्रदेशभित्रका कांग्रेसबाट निर्वाचित संघीय सांसद, प्रदेशसभा सदस्य, प्रदेश भित्रका कांग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति सहभागी हुनेछन् ।
यस्तै महानगरपालिका-उपमहानगरपालिका-नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा ११९ पालिकाका सभापति पनि सम्मेलनमा सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७