पर्यटनमा सरकारको नारा ‘पहिला देश अनि विदेश’


१५ जेष्ठ २०७५, मंगलवार
tourist

काठमाडौं :  सरकारले पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको हो ।

tourist

आन्तरिक पर्यटनलाई प्राथमिकता दिँदै सरकारले ‘पहिला देश अनि विदेश’ नारा तय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । भारत र चिनीयाँ पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय पर्यटक भित्राउन सरकारले कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

भिजिट नेपाल २०२० घोषणा गर्दै सन् २०२० मा २० लाख पर्यटक भित्राउने योजना अघि सार्दै सरकारले यसका लागि पूर्वाधार निर्माणमा सरकारले सहुलियत दिने भएको छ । पर्यटन प्रवद्र्धनका लागि होटल ब्यबसायमा सरकारले अनुदान दिने घोषणा गरेको हो । पर्यटनका लागि नयाँ गन्तब्य पहिचान गर्ने पनि सरकारले बजेटमा उल्लेख गरेको छ । पर्यटकको तथ्यांकक सेटलाइटबाट संकलन गरिने योजना पनि सरकारले अगाडि सारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७