बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच छलफल

टिआरसीमा सहमति जुटाउन प्रयास


८ पुष २०८०, आईतवार
oli prachand deuba

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु भेटघाट जारी रहेको छ । आज (आइतबार) विहान प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । टीआरसी विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न संसदमा विधेयक रहे पनि दलहरूबीच सहमति नहुँदा उक्त विधेयक अघि बढ्न सकेको छैन । विधे‍यकमा सहमति जुटाउन ११ सदस्यीय समिति बनाइए पनि मुख्य विषयमा उक्त समितिले सहमति नै जुटाउन सकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७