सिन्धुलीमा मोटरसाइकल र बस ठोक्किँदा दुईको मृत्यु, आक्रोशित भिडले बसमा लगायो आगो


९ पुष २०८०, सोमबार
bus

सिन्धुलाी । विपी राजमार्ग अन्तर्गत सिन्धुलीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको जिल्लाको सुनकोसी गाउँपालिका ३ मा मोटरसाइकल र यात्रुवाहक बस ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

सोमबार बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । आक्रोशित भिडले ठक्कर दिने बसमा आगजनी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७