ओस्कर विजेता फिल्म ‘पारासाइट’ अभिनेता ली सुन–क्यु मृत फेला


११ पुष २०८०, बुधबार
n

काठमाडौं । ओस्कर विजेता फिल्म ‘पारासाइट’ अभिनेता ली सुन–क्यु मृत भेटिएका छन् । दक्षिण कोरियाली अभिनेता ली पार्किङ गरिएको कारमा मृत भेटिएका हुन् । उनी कारको प्यासेन्जर सिटमा मृत भेटिएको स्थानीय सञ्चारमाध्यमलाई उद्घृत गर्दै बीबीसीले जनाएको छ ।

उनले आत्महत्या गरेका हुन् वा मारिएका हुन् भन्ने विषयको यकिन भइसकेको छैन । उनी वर्षको सुरुवातमा ड्रगको प्रयोगलाई लिएर प्रहरी अनुसन्धानमा थिए । उनले बारकी महिला कामदारसँगै ड्रग लिइरहेको भेटिएको आरोप थियो । उनी आफूलाई ड्रगबारे थाहा नभएको बताउँदै आएका थिए । तर प्रहरीले उनको घरमा पटक–पटक छापा मारेको थियो ।

ड्रग टेस्ट भने नेगेटिभ आएको थियो तर यही झमेलाले आफ्नो ख्यातिमा हानी भएकोले मानसिक रुपमा विक्षिप्त रहेको बताइएको छ । यही कारण उनलाई फिल्म ‘नो वे आउट’ र टिभी सिरिजबाट निकालिएको थियो । विवाहित लीका दुई सन्तान छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७