सन्दीपको मुद्दामा आज पनि बहस, आजै फैसला आउन सक्ने


१२ पुष २०८०, बिहीबार
Sandeep Lamichhane

काठमाडौं । नाबालिगत बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (बिहीबार) पनि हुँदैछ । लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको आजै फैसलाको सम्भावना रहेको छ ।

जिल्ला अदालत काठमाडौंमा हिजोदेखि पुनः सुरु भएको सुनुवाइ नसकिएपछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ । बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई बिहिबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछानेविरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आंकलन गरिएको छ । हिजोको सुनुवाइमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जबाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ । परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७