स्रोत नखुलेको १९ लाख बढी रकमसहित साह पक्राउ


१२ पुष २०८०, बिहीबार
money 1

मोरङ । स्रोत नखुलेको १९ हजार ९० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सुनसरीको देवानगन्ज गाउँपालिका–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई विराटनगर–६ केशलिया मार्गबाट प्रहरीले पक्राउ गरेको हो ।

उनी हुन्डी कारोबारमा संलग्न रहेको खुलेको व्यक्ति भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । बरामद गरिएको नगद र उनले प्रयोग गरेको मोटरसाइकलसहित कारबाहीको लागि साहलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

यसअघि, गत कात्तिक १४ मा १६ वर्षीय बालकलाई नगद २१ लाख ८७ हजार रकमसहित पक्राउ गरिएको थियो । उनलाई पनि हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको थियो । यस्तै, विराटनगरकै धर्मनन्द साह चार लाख ७५ हजार तथा रञ्जितकुमार साह नौ लाख २० हजारसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७