रुपन्देहीमा ११ दिनमा चोरीका २३ मोटरसाइकल बरामद, आठ जना पक्राउ


१३ पुष २०८०, शुक्रबार
bike

रुपन्देही । रुपन्देही प्रहरीले ११ दिनमा २३ वटा चोरीका मोटरसाइकल बरामद भएको छ । मोटरसाइकल चोरी नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष अभियान चलाएर यो सफलता हात परेको प्रहरीको भनाइ छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ चोरीका मोटरसाइकल किनेर चलाउने गरेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको थियो । मोटसाइकल चोरीमा संलग्न आरोपमा पक्राउ परेका आठ जनालाई हिजो सार्वजनिक गरियो ।

रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विकले चोरीका मोटरसाइकल नियन्त्रणका लागि शंकास्पद व्यक्तिको घरमै पुग्ने बताए । उनका अनुसार विशेष गरी किशोरले चोरीका मोटरसाइकल १० देखि २० हजारसम्ममा किनेर चढ्ने गरेका छन् ।

प्रहरीले जिल्लामा हुन सक्ने चोरी, डकैती, लुटपाटका घटना, लागुऔषध दुर्व्यवसन नियन्त्रण तथा न्यूनीकरण र फैसला कार्यान्वयन क्रममा फरार प्रतिवादी पक्राउका लागि गत पुस १ गतेदेखि ‘क्लिन स्वीप अपरेशन’ सञ्चालन गरिएको एसपी विकले बताए । यसअवधिमा रोयल इनफिल्ड २, १ वटा बजाज पल्सर १५०, ६ वटा हिरो स्पेलेन्डर प्लेस, ३ वटा बजाज पल्सर २२०, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका मोटरसाइकल बरामद गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७