बालकुमारी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन गर्ने सात जना पक्राउ (तस्वीरहरु)


१४ पुष २०८०, शनिबार
pak 1

काठमाडौं । प्रहरीले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने सात जनालाई पक्राउ गरेको छ । हिजो (शुक्रबार) ललितपुरको बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

pak 1 1

त्यहाँबाट हेमराज थापासहित सात जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् । स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो । पुस ४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७