चन्द्र भण्डारीको प्रश्न : कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नु पर्ने देश हो यो ?


१४ पुष २०८०, शनिबार
chandra bhandari
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्न पर्ने देश हो ? भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरू बढिरहेको बताए ।

नेता भण्डारीले भने, ‘अहिले समाजमा के भइरहेको छ ? हिजो मात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्न पर्ने देश हो ? प्रश्न यो हो । यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ ।’ नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए । नेता भण्डारीले पार्टी नेतृत्वमा रहेका नेताहरुलाई ‘टाइपराइटर’ को संज्ञा दिएका छन् ।

उनले अहिले आइफोन र आइओएसको जमना आएको उल्लेख गर्दै उनले अब टाइपराइटरको भविष्य नभएको र अपग्रेड हुनुपर्ने बताए । पार्टीका नेताहरुले आफू प्रधानमन्त्री र मन्त्री भइसकेको दम्ब देखाएर अन्य नेता कार्यकर्ताले दिएको सुझावलाई पनि मनन गर्न छाडेको गुनासो गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७