नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने


१५ पुष २०८०, आईतवार
congress

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले आज (आइतबार) बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
हिजो सम्पन्न केन्द्रीय समितिको निर्णय सार्बजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन बिशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना हुनेछ ।

राष्ट्रिय सभा सदस्य उम्मेदवारका मापदण्ड तोक्ने

सत्ता साझेदार नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ । बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि शनिबार बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताए ।

उनका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरू र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि बताए ।

उनले बैठकले परिवर्तन भएको महासमितिको बैठकको मिति अनुमोदन गरेको छ । त्यस्तै समुदायमा कांग्रेस भन्ने कार्यक्रमलाई माघ ७ देखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरूको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको बताए ।

त्यस्तै बैठकले सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरूलाई पनि प्रयोग गरेर चाँडो भन्दा चाँडो घरबारविहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने, सुशासनका क्षेत्रमा देखिएका केही समस्याहरूलाई केन्द्रीय समितिले उजागर गरेको र जनताले महसुस गर्ने गरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७