मेक्सिकोको रात्रिभोजमा गोली चल्यो, ६ जनाको मृत्यु


१५ पुष २०८०, आईतवार
m

मेक्सिको सिटी । मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रवार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा ६ जनाको मृत्यु भएको छ ।

सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, ‘हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ काजेमे नगरपालिकामा बिहानै भएको आक्रमणमा परी पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् । घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ ।

सन् २००६ देखि लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख २० हजारभन्दा बढी मानिसको हत्या भइसकेको मेक्सिकोमा बन्दुकधारीहरूले सामाजिक जमघटलाई लक्षित गरेको इतिहास छ । गत डिसेम्बर १७ मा मध्य राज्य ग्वानाजुआटोमा मेक्सिकोका युवाहरूले भाग लिएको क्रिसमस पार्टीमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७