बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक


१५ पुष २०८०, आईतवार
Satta Gathabandhan 2 MzfXY0NyQD
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । राष्ट्रियसभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक र नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी छन् ।

हिजो मात्रै टुंगिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने निर्णय गरेको छ । गठबन्धन दलहरू एकजुट भएर जान तयार भएपनि सीटको भागबण्डा अझै टुंगिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७