युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलो पानीमा माछा टिप्ने खेल भइरहेको छ : अध्यक्ष केसी


१६ पुष २०८०, सोमबार
chitra bahadur

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको टिप्पणी गरेका छन् ।

आज (सोमबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बालकुमारी घटनालाई सामान्य रूपमा लिन नहुने जिकिर गरे । उनले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यबिरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताए ।

उनले भने, ‘अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यका बिरुद्ध आक्रोशमा आउनु ठूलो घटना हो । त्यसकारणले यसबाट हामीले के बुझ्नुपर्छ भने यो स्थितिमा हामीले फेरबदल गर्न सकेनौं भने राष्ट्रको अस्तित्वकै प्रश्न छ । हामीले जुन बहुदलीय व्यवस्था ल्याएर राज्य सञ्चालन गरिरहेका छौं । किन हामीले औद्योगिकरण गर्न सकेनौं, किन युवालाई रोजगारी दिन सकेनौं, किन यति धेरै युवाहरु विदेसिरहेका छन् ? हामीले हेर्नुपर्छ । युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुनसक्छ है ।’ सांसद केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौं भन्नेबारेमा समीक्षा गर्न जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७