जापानमा शक्तिशाली भूकम्प, ठूलो सुनामीको चेतावनी


१६ पुष २०८०, सोमबार
Earthquake japan
तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं । जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठूलो सुनामी जान सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।

इशिकावाको तटीय क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित ठाउँमा जान भनिएको छ । यस्तै निगाता र तोयामा प्रान्तमा पनि सुनामीको चेतावनी जारी भएको छ । यी प्रान्तहरूमा ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने भनिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७