दौडिरहेका बेला मोटरसाइकलले ठक्कर दिंदा प्रहरी जवानको मृत्यु, तीन जना घाइते


१८ पुष २०८०, बुधबार
accident 2

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–नम्बर–११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

नवलपुर जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर भइ बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको थियो । घाइते एडीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौरका ४१ वर्षका लक्ष्मण लामा घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । त्यस्तै यही घटनामा प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७