देश प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा पर्‍यो : गगन थापा


१८ पुष २०८०, बुधबार
gagan
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका छन् ।

आज (बुधबार) पूर्व कर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भएको बताए । यति धेरै पूर्व प्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अरू देशहरूका बारेमा आफूलाई जानकारी नभएको महामन्त्री थापाको भनाइ छ ।

उनले भने, ‘हामीले संविधान बनायौँ । देश ट्रयाकमा आएको छ । लगातार एकपछि अर्को आवधिक चुनाव हुन थालेको छ । हाम्रा संस्थाहरू बनेका छन् । बिस्तारै ती संस्थाहरूलाई बलियो बनाउने प्रयास भइरहेको छ । तर नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भनेको देश प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको छ । नेपालको राजनीति नै उहाँहरूको नियन्त्रणमा भएको जस्तो । झगडा गरे पनि उहाँहरू । मिले पनि उहाँहरू । यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन ।’

महामन्त्री थापाले पूर्व प्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास शुरु भएको पनि उल्लेख गरे । उनले आफ्नो पार्टीको संसदीय दलको चुनावमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए । उनले पुराना नेतृत्वसँगको प्रतिस्पर्धार गरेर नथाकेको भन्दै निरन्तर प्रतिस्पर्धा गर्ने सङ्केत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७