रौतहटकी पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने जसपाको निर्णय


२२ पुष २०८०, आईतवार
pooja chaudhari

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले रौतहटकी पूजा चौधरीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७९ मा भएको चुनावमा उनी रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबारको बैठकले चौधरीलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए । जसपाले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने सहमति गरेको थियो । जसअनुसार जसपालाई मधेसको महिला क्लस्टर परेको थियो ।

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । सत्ता गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबण्डा गरिएको छ । भागबण्डाअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७