काठमाडौँबाट ४७ किलो चाँदीसहित तीन जना पक्राउ


२३ पुष २०८०, सोमबार
chadi

काठमाडौँ । प्रहरीले ४७ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले अवैध रुपमा राखिएको ४७ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको भोटेबहाल, कोटेश्वरलगायतका ठाउँहरूमा राजश्व छलेर ल्याइएका चाँदीसहित बाराको कलैया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्साको वीरगञ्ज महानगरपालिका–३ का ३२ वर्षीय सुमनकुमार सरार्फ र बाराको विश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनिष सरार्फलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरू सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७