ब्राजिलमा बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु


२४ पुष २०८०, मंगलवार
Bus Ac 1704728357

ब्रासिलिया । उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब २५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्नि नियन्त्रकहरूले २५ जनाको मृत्यु भएको’ जानकारी दिएका हुन् । आइतबार राति भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

दुर्घटनाको कारण अहिलेसम्म थाहा भएको छैन । अग्नि नियन्त्रकहरूले पीडितहरूको शव पहिचानका लागि प्रहरीलाई जिम्मा दिएका छन् । दुर्घटना भएको स्थान नजिकैको सहर ज्याकोबिनाका मेयर कार्यालयले सोमबार तीन दिनको आधिकारिक शोक घोषणा गरेको छ । रासस / एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७