जर्मनीका विश्व प्रसिद्ध फुटबलर फ्रान्ज बेकेनबाउरको निधन


२४ पुष २०८०, मंगलवार
franz1704770112

काठमाडौं । जर्मनीका फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । विश्व फुटबलका महान खेलाडीमध्ये एक बेकेनबाउरले खेलाडी र प्रशिक्षकको दुवै भूमिकामा फिफा विश्वकप जितेका छन् ।

फुटबल इतिहासमा यो उपलब्धि हासिल गर्ने उनी तीन व्यक्तिमध्ये एक हुन् । उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए ।

बेकेनबाउरले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि समेत पाएका थिए । उनले फिफा विश्वकप, युरोपियन कप तथा सन् १९७२ र १९७६ मा दुई बालोन डिसमेत जितेका छन् । बेकेनबाउरले जर्मन क्लब बायर्न म्युनिखका लागि सन् १९७४ देखि १९७६ सम्म लगातार तीन वटा युरोपियन कप जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७