डा. गोविन्द केसी पक्राउ


२४ पुष २०८०, मंगलवार
govinda kc

काठमाडौं । डा. गोविन्द केसी पक्राउ परेका छन् । विभिन्न माग राखेर माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने लगायतका माग राख्दै आएका छन् । उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७