संसदीय समितिले लगातार बोलाएपछि प्रधानमन्त्री असन्तुष्ट

‘भारतीय दूतावासले २० करोड खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनु पर्दैन’


२५ पुष २०८०, बुधबार
pm

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिहरूले छलफलका लागि बोलाइरहँदा आफूलाई समय व्यवस्थापनका लागि समस्या परेको गुनासो गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमण र भारतसँग भएको सम्झौताबारे जानकारी दिन समितिमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले यस्तो गुनासो गरेका हुन् ।

उनले भने, ‘संसदीय समितिहरूमा बोलाइरहनु भएको छ । अस्ती राज्य व्यवस्था समितिमा पनि सहभागी भएको थिएँ । अन्यथा होइन, यसरी सबै समितिले बोलाउने हो भने मलाई समय व्यवस्थापन गर्न समस्या पर्ने भयो ।’
‘भारतीय दूतावासले २० करोड खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनु पर्दैन’
प्रधानमन्त्री प्रचण्डले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनोट गर्न र कार्यान्वयन गर्न कुनै पनि प्रावधान नराखिएको बताए ।

samiti 1

उनले भने, ‘भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान राखिएको छैन । जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनोट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ । यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र आद्यावधिक समीक्षा समेत नेपाल सरकारकै संयन्त्रबाट हुन्छ । यो परिस्थितिमा यो सम्झौता बाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ ।’ उनले सम्झौतामा नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय गर्नसक्ने विषय उल्लेख रहेको बताए ।
‘ठट्टाको विषय बनेको थियो, भारतबाट मुर्रा चाहिँ आइसकेको छ’
प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्किएपछि संसदमा चर्चार्को विषय बनेको मुर्रा भैँसीको विषय आज कानुन, न्याय तथा मानव अधिकार समितिमा पनि उठेको छ । भारतसँग भएको सम्झौताबारे जानकारी दिन आएका प्रधानमन्त्री प्रचण्डले मुर्राको विषय उठाएका हुन् । ‘ठट्टाको विषय बनेको थियो । मुर्रा चाहिँ आएको छ’, प्रधानमन्त्री प्रचण्डले हाँस्दै भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७