पक्राउ परेका बम्जन आफूहरुको जिम्मा लगाउन भन्दै समर्थकसहित सीआइवी पुगिन् पूर्वमन्त्री

‘बम्जन आफूहरुको भगवान’ भन्दै हत्कडी नलगाउन आग्रह


२५ पुष २०८०, बुधबार
ram bdr bomjan

काठमाडौं । हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ परेका तपश्वी रामबहादुर बम्जनलाई आफूहरुको जिम्मा लगाउन भन्दै पूर्व भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा समर्थकसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को कार्यालय पुगेकी छन् ।

उनी बम्जन आफूहरूको भगवान भएको भन्दै प्रहरी कार्यालयमा पुगेकी हुन् । उनले सीआइबीलाई बम्जनलाई आफूहरूको जिम्मा लगाउन दबाव दिएकी छिन् । तर सीआइबीले त्यसो गर्न नमिल्ने भन्दै इन्कार गरेको हो ।

सीआइबीले बम्जनलाई सर्लाही पठाउने तयारी गरेको छ । पूर्व राज्यमन्त्री लामाले बम्जनलाई आफूहरूले निजी गाडीमा लैजान माग गरेकी हुन् । रामबहादुर आफूहरूको ‘भगवान’ रहेको भन्दै हत्कडी नलाउन समेत उनले प्रहरी अधिकारीसँग माग समेत गरेकी छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी गराउन आज दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।

बिहानैदेखि सीआईबीमा बम्जनका समर्थक भेला भएका छन् । बम्जनले कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ । बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ । हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए । उनको कोठाबाट प्रहरीले तीन करोड ३० लाख नेपाली रुपैंयाँ बरामद गरेको छ । उनको घरमा १६ देशको पैसा भेटिएको छ । विदेशी रकम भने गनिसकिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७