प्रहरी समक्ष बम्जनको बयान : कुनै अपराध गरेको छैन, जङ्गलभित्र ध्यान–तपश्यामा थिएँ


२५ पुष २०८०, बुधबार
ram bdr bomjan cib

काठमाडौं । तपश्वी रामबहादुर बम्जनले आफूले कुनै पनि अपराध नगरेको जिकिर गरेका छन् । प्रहरीसँग दिएको प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै अपराधको आरोप अस्वीकार गरेका हुन् ।

हिजो (मंगलबार) राति काठमाडौंको हात्तीगौंडास्थित घरैबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई बेपत्ता बनाएको र महिला अनुयायीहरूलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका बम्जनले भने आफू जङ्गलभित्र ध्यान र तपश्या गरिरहेको दावी गरेका छन् ।

‘यो सबै मलाई फसाउनका लागि, माइनस गर्नका लागि गरिएको डिजाइन हो । यसमा मान्छेहरू प्रयोग गरेर मलाई माइनस गर्न खोजिएको हो । मैले यी कुनै पनि अपराध गरेको छैन । मान्छे बेपत्ता बनाएको छैन । बलात्कार जस्ता कुनै पनि अपराध गरेको छैन । म त साधना, ध्यान गर्छु । लेख्ने काम मात्रै गर्छु । यतिञ्जेलसम्म म ध्यानमै थिएँ । कहीँ भागेको पनि छैन । आश्रममै लेख्ने र साधना गर्ने काममा लागिरहेँ ।’, उनले सीआईबीका अधिकारीसँगको बयानमा भने ।

बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दर्ता भएको छ । वारेन्ट भएको झण्डै ४ वर्षपछि उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७