इन्टरनेट मर्मतका लागि विजुलीको पोलमा चढ्दा करेन्ट लागेर युवकको मृत्यु


२६ पुष २०८०, बिहीबार
cu

रूकुम पश्चिम । रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । इन्टरनेट मर्मतका लागि केन्द्रीय प्रसारण लाइनको बिद्युत पोलमा चढेका मुसिकोट नगरपालिका–१ मठका २४ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार थापा इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइन्स नेटवर्कमा कार्यरत थिए । त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजारमा बिजुलीको पोलमा चढेका बेला करेन्ट लागेर ज्यान उनको ज्यान गएको खड्काले बताए ।

करेन्ट लागेर घाइते भएका थापालाई उपचारका लागि बधुबार बेलुका साढे ६ तिर जिल्ला अस्पताल सल्ले पु¥याइएपछि डाक्टरले उनलाई मृत घोषित गरेको रूकुम पश्चिम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७