अमेरिकी रक्षामन्त्रीलाई क्यान्सर, अस्पताल भर्ना


२६ पुष २०८०, बिहीबार
americi rakshamantri

वासिंगटन डिसी । के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन् ? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि कुनै जानकारी नभएको बताएका थिए ।

तर, अब उनलाई प्रोस्टेट क्यान्सर भएको थाहा पाएपछि राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको छ । लोयड अस्टिन १० दिनअघि अस्पतालमा भर्ना भएका थिए । अहिले उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ । तर यहाँ प्रश्न यो छ कि किन ह्वाइट हाउस अस्टिनको क्यान्सर बारे लगभग एक महिनासम्म अनभिज्ञ थियो । ७० वर्षीय अस्टिनलाई पहिलो पटक डिसेम्बर २२ मा वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । क्यान्सरको उपचारका लागि उनको शल्यक्रिया गरिएको थियो । तर एक सातापछि उनलाई संक्रमण भयो ।

विशेष कुरा के छ भने बाइडेन र उनका वरिष्ठ अधिकारीहरूलाई उनको अस्पतालमा भर्ना वा उनको क्यान्सरको बारेमा धेरै दिनसम्म जानकारी दिइएको थिएन। अस्टिनले डिसेम्बरको सुरुमा नियमित चेकअप गर्दा क्यान्सर पत्ता लागेको चिकित्सकहरूले बताएका छन् । उनले सामान्य शल्यक्रिया गरे र भोलिपल्ट घर गए । तर जनवरी १ मा संक्रमणका कारण वाकवाकी लाग्ने र पेट कम्मर र खुट्टामा अत्याधिक दुखाइ भएको गुनासो गरे पछि उनलाई पुनः अस्पताल भर्ना गरियो ।

अस्टिनको प्रोस्टेट क्यान्सर चाँडै पत्ता लागेको थियो । तर अस्टिनको अस्पताल भर्ना र ठूला नेताहरूलाई जानकारी दिन ढिलाइ हुँदा प्रश्नहरू उठेका थिए । अहिले अमेरिकी मिडियामा पनि प्रश्न उठ्न थालेको छ । यसले गर्दा रक्षा मन्त्रालयको पारदर्शिता र प्रामाणिकतामा पनि शंका उत्पन्न भएको जनाइएको छ । वास्तवमा, रक्षा विभागबाट एक बयान आएको थियो कि अस्टिनलाई सामान्य चिकित्सा प्रक्रियाको लागि वाल्टर रीडमा भर्ना गरिएको थियो । प्रोस्टेट शल्यक्रियाको लागि होइन । शब्दहरूको छनोटको बारेमा सोध्दा, पेन्टागनका प्रेस सेक्रेटरी मेजर जनरल प्याट राइडरले भने कि यो अस्टिनका डाक्टरहरूसँगको परामर्शमा गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७