बलिउड अभिनेता सञ्जय दत्तद्वारा आत्महत्याको प्रयास


१७ जेष्ठ २०७५, बिहीबार
sanjay dutt reuters 2

काठमाडौं, १७ जेठ । बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा निर्माण भएको चलचित्र सञ्जय दत्तको ट्रेलर बुधबार ट्रेलर सार्वजनिक भएको । ट्रेलरले सञ्जय दत्तको जीवनका नखुलेका पाटोहरुलाई खुलासा गरेको छ ।sanjay dutt reuters 2

ट्रेलरको एउटा सिनमा नायक रणवीर कपुर पुरै न्यूड देखिन्छन् । खासमा सञ्जय दत्त जेल पर्दा प्रहरीले सोधपुछका क्रममा उनलाई पुरै कपडा उतार्न लगाएका थिए । यो दृष्य ट्रेलरमा समेटिएको छ । यसका साथै जेलमा बस्दा उनले आत्महत्याको प्रयास गरेको समेत खुलासा भएको छ ।

१९९३ को १२ मार्चमा मुम्बईमा सिलसिलाबद्ध बम विष्फोटन भएको थियो । यो विष्फोटका पछाडि थुप्रै बलिउड हस्तीहरुको नाम जोडियो । जसमा एक थिए सञ्जय दत्त । उनीमाथि अन्डरवल्र्ड डन अबू सलेम र रियाज सिद्दिकीबाट अवैध बन्दुकहरुको डेलिभरी लिएको, त्यसलाई राखेको र पछि नष्ट गरेको आरोप थियो ।
अदालतमा पेश गरिएका प्रमाणहरुको आधारमा सञ्जयको घरमा भेटिएका हतियार बम विष्फोट र मुम्बईमाथि हमलाका लागि प्रयोग गरिनेवाला थिए । सञ्जयले बयानमा भनेका छन्, ‘म आफ्नो परिवारको सुरक्षालाई लिएर चिन्तित थिएँ । त्यसैले ती हतियार आफूसँग राखेको थिएँ ।’

१९९३ सम्म सञ्जयले थानेदार, सडक, साजन र खलनायकजस्ता सुपरहिट फिल्म खेलिसकेका थिए । उनलाई अप्रिलमा पक्राउ गरियो तर। १९९५ मा सर्वोच्च अदालतले उनलाई धरौटीमा हिरा गर्‍यो । तर, दुई महिनापछि डिसेम्बर १९९५ मा उनलाई फेरि पक्राउ गरियो । सञ्जयका बाबु सुनिल दत्तले छोरालाई छुटाउन खुब कोशिस गरे । समाजवादी पार्टीका नेता अमर सिंह, शिव सेनाका अध्यक्ष बाल ठाकरे, र कैयौं बलिउड हस्तिहरुले उनको पक्षमा बयान दिएका थिए । लामो कानूनी खिचातानीपछि १९९७ मा उनलाई फेरि जमानत प्राप्त भयो । उनका केसको सुनवाई २००६ मा हुनुपर्ने थियो । १९९७ र २००६ को बीचमा सञ्जयले. थुप्रै ठूला फिल्महरुमा काम गरे । दुष्मन, वास्तव, काँटे, मुन्नाभाइ एमबीबीएस, परिणीता जस्ता फिल्मले उनलाई फेरि बलिउडमा सुपरस्टारको हैसियत दिलाए ।

तर, ३१ जुलाई २००७ मा जब टाडा कोर्टले सञ्जय दत्तलाई फेरि ६ वर्षको जेल सजाय सुनायो । त्यसपछि उनी जेल जाने र निस्कने सिलसिला शुरु भयो । ३१ जुलाईमा सजाय सुनाइएपछि २००७ मा उनी दुई पटक जमानतमा बाहिर निस्के र फेरि भित्र गए । सन् २००८ मा उनलाई समाजवादी पार्टीको तर्फबाट लोकसभा चुनाव लड्े प्रस्ताव पनि आयो तर सञ्जयले अस्वीकार गरे । त्यसपछि उनको करिअर ओरालो लाग्यो । फिल्महरु भटाभट फ्लाप भए । सन् २०१३ मा सुप्रिम कोर्टले टाडा अदालतको फैसलालाई सदर गर्दै पाँच वर्षको सजाय सुनायो । सञ्जयलाई आत्मसमर्पण गर्न एक महिनाको समय दिइयो । यो एक महिनामा उनले आफ्ना केही फिल्मका बाँकी सुटिङ पूरा गरे । केही समयअघि जेलबाट निस्केका सञ्जय फेरि फिल्ममा सक्रिय छन् । सञ्जु रिलिजपछि आफ्नो छवि सुध्रिने उनले अपेक्षा राखेका छन् । तर, फिल्मलाई उनलाई कसरी प्रस्तुत गरिएको छ हेर्न बाँकी नै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७