वक्यौता नतिरेका उद्योगहरुको पनि लाइन जडान गर्ने प्राधिकरणको निर्णय


२७ पुष २०८०, शुक्रबार
bidhyut

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा काटिएको विद्युत् लाइन जडान गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिए बापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको उद्योगको लाइन जडान गर्ने निर्णय गरेको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

‘मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै लाइन जोडिहाल्ने भन्ने हुँदैन । ऊर्जा मन्त्रालयले बिहीबार दिउँसो मात्र पत्र पठायो । शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले निर्णय गर्‍यो’, उनले भने, ‘भारतबाट आयात गर्नुपर्ने हुँदा पावरको सिनारियो हेर्नुपर्छ । त्यही अनुसार डिमाण्ड गरेर लाइन जोड्नु पर्ने हुन्छ । आज वा भोलि जोडिन्छ ।’

यता, सरकारको निर्देशनपछि पनि विद्युत्को लाइन नजोडिएको भन्दै उद्योगीहरूले आपत्ति जनाएका छन् । मन्त्रिपरिषद्को गत मंगरबारको बैठकले डेडिकेटड र ट्रंकलाइन विवाद समाधानका लागि पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग बनाउने निर्णय गरेको थियो। उक्त आयोगले निर्णय नगरुन्जेलसम्म लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो । तर, पनि कार्यान्वयन नभएको भन्दै उद्योगीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

२०७५ सालदेखिको विद्युत् महसुल विवाद अन्त्य गरी आयोग बनाउने निर्णय सकारात्मक भएको र आयोगलाई छानबिनका क्रममा पूर्ण सहयोग गर्ने उनीहरूको प्रतिबद्धता छ । यस्तै प्राधिकरणले बक्यौता विद्युत् महसुल किस्ताबन्दीमा बुझाउन भन्दै पुस २४ मा प्रकाशन गरेको सूचनामा पनि ध्यानाकर्षण भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७