इमाडोलमा इनारमा खसेकी महिलाको साढे दुई घण्टापछि उद्दार


१ माघ २०८०, सोमबार
inar 1

ललितपुर । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उद्दारपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ ।

दोलखा घर भई हाल इमाडोलको कृष्ण मन्दिर पछाडि डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज (सोमबार) बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेका बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको हो । उनी बोल्न सक्ने अवस्थामा रहेको डीएसपी जोशीले जानकारी दिएका छन् । उनको उद्धारमा नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली खटिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७